काठमाडौं,भदौ १९
२०७४ सालको आम निर्वाचनमा बर्दियामा जनताद्वारा अस्वीकृत (पराजित) अर्का नेता उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय सत्तारुढ नेकपाले गरेको छ । यसअघि गोरखाबाट डा. बाबुराम भट्टराईसँग पराजित भएका नारायणकाजी श्रेष्ठलाई पनि नेकपाले राष्ट्रियसभामा पठाएको छ ।
सरकारले गौतमलाई मनोनीत गर्न लागेको जानकारी नेकपाको बिहीबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गराएका थिए । प्रधानमन्त्री ओलीको उक्त जानकारीप्रति स्थायी समितिका कुनै पनि सदस्यले विरोध गरेका थिएनन् । बुधबार रातिसम्म पनि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा नआउन आग्रह गर्दै मनाउने प्रयास गरेका थिए ।
गौतमले नमानेपछि प्रधानमन्त्री ओली आफैंले सरकारले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनीत गर्न लागेको जानकारी बैठकमा गराएका थिए । बुधबार नै अर्का अध्यक्ष प्रचण्डलाई पनि ओलीले गौतमलाई मनाउन आग्रह गरेका थिए । तर, अर्थतन्त्र क्षेत्रका दलालहरुले प्रचण्ड, गौतमलगायतका नेताहरुलाई जसरी पनि युवराजलाई अर्थमन्त्रीबाट हटाउन उचालिरहेका थिए ।
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पद छ महिनादेखि रिक्त छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त पदमा मनोनीत गर्न प्रधानमन्त्री ओलीको चाहना भए पनि गौतमले अडान नछाडेपछि खतिवडाको अर्थमन्त्री पद शनिबार राति १२ बजेसम्म कायम रहनेछ । तर, कतिपय भने प्रधानमन्त्रीले खतिवडालाई अझै अर्थमन्त्री बनाउने हुन् कि भन्ने त्रासमा छन् । यद्यपि खतिवडा सांसद नभएसम्म पुनः मन्त्री बन्न नपाउने संविधानको धारा ७८ को उपधारा ३ मा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया