अमर मावि विद्यालयको खाली जग्गामा अलैंची खेती
सुबास बस्नेत
दोलखा ।
दोलखा जिल्लाको तामाकोसी गाउँपालिकामा रहेको अमर मावि झुलेले विद्यालयको नाममा रहेको खाली जग्गाको सदुपयोग गर्दै १२ वर्षदेखि अलैंची खेती गर्दै आएको छ । जिल्लाकै शिक्षा क्षेत्रमा पुरानो इतिहास बोकेर २००८ सालमा स्थापना भएको यस सामुदायिक विद्यालय झुलेले आफ्नो नाममा रहेको ७२ रोपनी जग्गामा २०६५ सालदेखि अलैंची खेती गर्दै आएको हो ।
विद्यालयको नाममा रहेको पाखो जग्गामा अलैंची खेती गरी विद्यालयले थोरै भए पनि आर्थिक आम्दानी गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबेन्द्र कार्कीले बताए । कार्कीका अनुसार १२ वर्षअघि विद्यालयको रोहवरमा विद्यार्थी अभिभावकले उक्त जग्गामा अलैंची लगाएका थिए । अलैंची लगाएको तेस्रो वर्षदेखि आर्थिक आम्दानी हुन थालेको थियो ।
उत्पादनको सुरुको वर्ष ८० हजारको अलैंची विद्यालयले बिक्री गरेको थियो । त्यसैगरी पछिल्लो वर्ष साढे दुई लाखसम्मको अलैंची विद्यालयले बिक्री गर्न सफल भएको अध्यक्ष कार्कीले जानकारी दिए । अमर माविले यस वर्ष पनि आठ सय केजीको हाराहारीमा अलैंची उत्पादन गर्ने उनले बताए ।
जिल्लामै तत्कालीन समय पहिलो पटक विद्यालयले अलैंचीको बिरुवा उत्पादन गरेर वितरण गरेको थियो । जिल्लाभर अलैंची खेती विस्तार गर्न महत्वपूर्ण कार्य गरेबापत विद्यालय तत्कालीन जिल्ला कृषि कार्यालय दोलखाबाट सम्मानित भएको थियो ।
यस वर्ष पनि अलैंची झिक्ने समय सुरु भएको कार्कीले बताए । कक्षा १ देखि १२ कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा अहिले करिब दुई सय विद्यार्थी रहेका छन् । भुकम्पपछि विद्यालयले २२ कोठाको सुविधासम्पन्न भवन पाएको छ । अलैंचीबाट आम्दानी भएको रकमले थोरै भए पनि निजी स्रोतका कर्मचारी पाल्न सहयोग पुगेको अध्यक्ष कार्कीले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया