बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुुढाथोकी पक्राउ
काठमाडौं ।
सुनसरीमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इटहरी उपमहानगरपालिका ८ भोजपुरे टोल बस्ने ४२ वर्षीय सरोज बुढाथोकीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरबाट बैंकिङ कसुर मुद्दामा २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले इटहरी उपमहानगरपालिका ६ पश्चिम स्टेण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सुनसरीमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी काभ्रेको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेथानचोक गाउँपालिका ४ बस्ने २२ वर्षीय सुवास सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काभ्रे साबिक चलालगणेशस्थान २ मा १८ वर्षीय एन्जल तामाङलाई २०६९ कात्तिक ८ गते साँझ छुरा प्रहार गरी हत्या गरेको घटनामा जिल्ला अदालत धुलिखेल काभ्रेपलाञ्चोकको २०७४ असार १४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेको उनलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत धुलिखेल काभ्रेपलाञ्चोकमा पेश गरिएकोमा अदालतको आदेशले सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया