काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले आज मंगलबारदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गर्दै छ ।
एसोसिएसनले नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्न, समयअनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु-याउन १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८० आयोजना गर्न लागेको हो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगनवरिपरि’ भन्ने नाराका साथ उक्त प्रतियोगितात्मक प्रदर्शनी मंगलबारदेखि शनिबारसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा सञ्चालन हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । पुष्प विकास केन्द्र सहआयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एसोसिएनसले जनाएको छ ।
प्रदर्शनीमा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र सूचनामूलक पाँच गरी जम्मा ६२ वटा प्रदर्शनी कक्ष रहनेछन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको पाँचवटा प्रजातिमा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताए । ‘प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्म र ५० गोदावरीको कट फ्लावर प्रजाति रहेको छ’, उनले भने, ‘मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइनेछ। प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ट हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।’
विगतमा चारदिने मेला हुनेगरेकोमा यस वर्ष एक दिन थप गरी पाँचदिने मेला आयोजना तय भएको छ । गोदावरी फूलको प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष तामाङले बताए । हाल नेपालमा ४८ जिल्लाको करिब दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारभन्दा बढी जनशक्ति रोजगारमा संलग्न छ ।
क्याटेगोरी : नेपाल
ट्याग : #Page 9
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया