बाँकेको भेरी अस्पतालमा इमरजेन्सी सेवा निःशुल्क
बाँके ।
भेरी अस्पताल नेपालगञ्जले सेवाग्राहीका लागि इमरजेन्सी सेवा निःशुल्क गरेको छ । अस्पताल विकास समितिको असोज २४ गते बसेको बैठकले अस्पतालको इमरजेन्सी सेवामा लिइँदै आएको शुल्क कात्तिक १ गतेबाट नलिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार इमरजेन्सी सेवा निःशुल्क गरेको समितिका अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिए ।
उनका अनुसार इमरजेन्सी अवस्थामा आएका बिरामीलाई अस्पतालभित्र पाइने सम्पूर्ण सेवा निःशुल्क दिइनेछ । कुनै व्यक्ति विरामी भई वा दुर्घटनामा परी अस्पताल आएमा उसको अप्रेसन समेत निःशुल्क गर्ने निर्णय भएको अध्यक्ष धितालले बताए । रकम अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले इमरजेन्सी सेवा निःशुल्क गरिएको उनको भनाइ छ । ‘अब उपचारबाट कोही वञ्चित हुनुपर्नेछैन ।
इमरजेन्सी अवस्थामा अस्पताल आएका बिरामीको अप्रेसनदेखि औषधि, भिडियो एक्स–रे, सिटी स्क्यानसम्म निःशुल्क हुनेछ’, उनले भने । अहिले इमरजेन्सीका लागि पर्चाको २५ रुपैयाँ शुल्क लिने गरिएको छ । विभिन्न जाँचबापतको शुल्क बिरामीले तिर्नुपर्छ । इमरजेन्सी सेवा निःशुल्क भएपछि दुर्घटनामा परेका र अकस्मात् बिरामी परेका व्यक्तिले छिटो उपचार पाउने र रकम खोज्ने टन्टा हट्ने भएको छ ।
यसैबीच नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र कर्तव्यअन्तर्गत स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित गरिनेछैन भन्ने संवैधानिक अधिकारअनुरुप अस्पतालले आइतबारबाट गरिब तथा विपन्न वर्गका व्यक्तिहरुको प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य उपचार निःशुल्क गर्न लागेको भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए ।
उनका अनुसार गरिब तथा विपन्न नागरिकहरुका साथै आकस्मिक उपचारमा सेवा लिन आउँदाका बखत उपचार खर्च नभएका सेवाग्राहीहरु तथा बेबारिसे नागरिकहरुलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा शनिबारदेखि निःशुल्क गरिएकोे छ । सरकारले २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत भेरी अस्पतालसहित देशभरका १५ वटा अस्पतालबाट गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई यस्तो सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया