एनसेलकोे ‘दामी क्यासब्याक’ योजना
काठमाडौँँ ।
एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० रुपैयाँ र एक सय रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएभन्दा बढी मेन ब्यालेन्स पाइने सुनिश्चित गरेको छ ।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तीमा हाल पाइने ४९ रुपैयाँ ०२ पैसाभन्दा बढी अर्थात् ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी एक सय रुपैयाँको रिचार्जमा अब कम्तीमा १ सय दुई रुपैयाँ मेन ब्यालेन्स पाउँछन् । यो योजना आइतबारबाट लागू भएको छ । कम्पनीका अनुसार यो योजना १५ दिनका लागि सञ्चालनमा रहनेछ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विशेषता हो । ५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम एक सय रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् । त्यसैगरी एक सय रुपैयाँ रिचार्ज गर्नेले दुई सय रुपैयाँसम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीएफटी) तथा अनलाइन जुन कुनै पनि माध्यमबाट गरिएको ५० र एक सय रुपैयाँको प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया