सोलुखुम्बुमा दुई कर्मचारी आवासगृह प्रयोगविहीन
सोलुखुम्बु ।
सोलुखुम्बुमा निर्माण भएका दुईवटा कर्मचारी आवासगृह प्रयोगविहीन बनेका छन् । जिल्लामा करिब ३ वर्षअघि निर्माणसम्पन्न भएको सल्लेरीस्थित जेरोपोएन्ट नजिकैको दुईतले आरसीसी भवन र डेढ वर्षअघि निर्माणसम्पन्न भएको थापागाउँमा निर्माण गरिएको कर्मचारी आवासगृह प्रयोगविहीन बनेको हो ।
सल्लेरीस्थित तत्कालीन जिल्ला आयुर्वेद कार्यालयनजिकै निजामति कर्मचारीको आवासका लागि निर्माण गरिएको सुविधासम्पन्न दुईतले कर्मचारी आवासगृह प्रयोगविहीन अवस्थामा रहेको छ । ७८ लाखको लागतमा निर्माण गरिएको सो आवासगृह सहरी विकास तथा भवन कार्यालय ओखलढुंगा मातहतमा रहेको भए पनि हालसम्म प्रयोगमा नआएको हो ।
भवन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई बुझाएको भए पनि हालसम्म प्रयोगमा नआएपछि सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाको शाखा खोल्ने तयारी गरिएको भवन सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका सूचना अधिकारी अनुज श्रेष्ठले जानकारी दिए । त्यस्तै सल्लेरीकै थापा गाउँमा एक वर्षअघि एक करोड ९८ लाखको लागतमा निर्माण गरिएको अर्को भवन पनि प्रयोगविहीन अवस्थामा रहेको छ ।
सोलुदुधकुण्ड नगरपालिकालाई कोरोना महामारीको समयमा क्वारेन्टीनका लागि दिइएको भए पनि निर्माणसम्पन्न भएको एक वर्ष बितिसक्दा दुईतले २४ कोठा रहेको कर्मचारी आवासगृह सञ्चालनमा नरहेको पाइएको हो । यो भवन निर्माण कम्पनीबाट भवन सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले जिम्मा लिएको भए पनि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई हस्तान्तरण गर्न बाँकी रहेको छ ।
निर्माण गरिएको कर्मचारी आवास गृह जिल्ला प्रशासन कार्यालयलाई जिम्मा नदिँदा सञ्चालनका लागि समस्या भएको बताइएको छ । तत्कालीन जिल्ला आयुर्वेद केन्द्र नजिकै निर्माण भएको भवन सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले जिल्ला प्रशासनलाई बुझाएको दाबी गरे पनि जिम्मा नलिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । दुवै भवन सञ्चालनका लागि अनुमति भने माग गरिएको शाहीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया