Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले उक्लियो सेयर बजार

दोहोरो अंकले उक्लियो सेयर बजार

ट्रेडिङ बाहेक सबै उपसमुहको सुचक हरियो


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १४ दशमलव ३३ अंकले उकालो लागेर एक हजार नौं सय ८० दशमलव २७ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६२ अंकले अंकले उकालो लागेर तीन सय ५० दशमलव ८० बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार एक सय ८३ पटक सेयर किनबेच भएको छ । जसबाट ६८ लाख ७८ हजार एक सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार नौं सय ५५ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजाररमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये टे«डिङ उपसमुहको सुचक नौं दशमलव ५२ बिन्दुले ओरालो लागेको छ भने बाँकी उपसमुहहरुको सुुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक दुई दशमलव ५५, बिकास बैंक उपसमुहको सुचक ८५ दशमलव ८५ बिन्दुले उकालो लागेका छन् । यि बाहेक फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक पनि उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया