पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
भेरीगङ्गा । आफ्नो पहिचानसहित नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले माग गरेका छन् । निलहिरा समाजले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनीहरुले यस्तो माग गरेका हुन् ।
संविधानले स्पष्ट व्यवस्था गरे पनि राज्यले आफूहरुको पहिचान खुल्नेगरी नागरिकता दिन नसकेको भन्दै उनीहरुले नागरिकताका सवालमा आफुहरु विभेद्मा परेको बताएका हुन् । कार्यक्रममा आफ्नो भनाइ राख्दै निलहिरा समाजका अधिकृत भक्ति शाहीले आफ्नो पहिचान खुल्नेगरी नागरिकता लिन आफुहरुले धेरै प्रक्रिया पुरा गर्नुपरेको राससलाई बताए । “आफ्नो पहिचान खुलाउन पनि सर्जरी गर्नुपर्ने, त्यसमा ठूलो रकम लाग्छ, त्यो काम पनि नेपालमा हुँदैन । अनि अस्पतालको प्रमाणित चाहिने, अस्पतालले दिएको प्रमाण लिएर वडा कार्यालयमा सिफारिस लिन जानुपर्ने झन्झट छ,” उनले भने ।
आफुहरुलाई पहिचानसहित जिउन सक्नेगरी वातावरण तयार गर्न माग गर्दै तीन तहकै सरकारले यसमा पहल गर्नुपर्नेमा अधिकृत शाहीले जोड दिए । नेपालको कानुनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए पनि त्यस्तो विवाह अस्थायी दर्ता हुने गरेको भन्दै यसमा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । यता, वीरेन्द्रनगरका जनप्रतिनिधिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सन्दर्भमा अहिले पनि बुझाइ कमजोर रहेको भन्दै यसले विभेदलाई प्रश्रय दिएको बताएका छन् ।
विभेद् कम गर्न र उनीहरुको पहिचानसहित खुल्ला रुपमा हिँडडुल गर्न पाउने वातावरण निर्माणका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याएका छन् । वीरेन्द्रनगर– १ का वडाध्यक्ष दीनेश खत्रीले संविधान र ऐन कानुनमा भएका जटिलतालाई हटाएर सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने भन्दै आगामी वर्षदेखि वडाको बजेटमा उनीहरुलाई समेट्ने प्रतिबद्धता जनाए । वीरेन्द्रनगर–८ नं वडाध्यक्ष टीकाराम शर्माले पनि सबै समुदायलाई समान सहभागिताको परिकल्पना संविधानले गरेको भन्दै यसको कार्यान्वयनमा जोड दिए ।
उनले आफ्नो वडामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु रहेको बताउँदै उनीहरुलाई समेट्न केही कार्यक्रम यो वर्ष पनि राखिएको बताए । आगामी वर्षदेखि यो समुदायको अधिकारका लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिने उनको प्रतिबद्धता छ । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया