पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही
काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजारभन्दा बढी ढुवानीकर्तालाई कारबाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारबाही गरिएको हो ।
निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्यांकरलाई कारबाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्यांकीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारबाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ ।
ट्यांकीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्यांकरलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ । यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १ सय ५० वटा ट्रक तथा ट्यांकरलाई कारबाही गरेको जनाएको छ । कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारबाही भएको बताइएको छ ।
कार्यालयले पाँच चालक/सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनको क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्यांकरलाई छ महिनाको लागि ढुवानी गर्न निलम्बन गरिएको छ । निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने तीन सय ट्यांकर तथा ट्रकलाई कारबाही गरेको छ । निगमले जरिबानाबापत ती ट्रक तथा ट्यांकरबाट १० हजार संकलन गरेको छ ।
महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘निगमको कदमले गैरकानुनी काम गर्ने निरुत्साहित हुनेछन्, यो निगमकै इतिहासमा एक महत्वपूर्ण कारबाही हो’, उनले भने । अनियमित गर्ने ट्यांकरमाथि कारबाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया