चितवन ।
चितवनबाट पहिलोपटक चितवन मुक्तिनाथ मोटर -याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने उद्देश्यले नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा तीनदिने मोटर -याली गरिने भएको हो ।
आगामी चैत १५ देखि १७ गतेसम्म चितवन मुक्तिनाथ मोटर -याली हुने कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पियाले जानकारी दिए । -यालीको मुख्य उद्देश्य थला परेको नेपाली पर्यटन व्यवसायलाई अगाडि बढाउने हो’, अध्यक्ष पियाले भने, ‘साथै सुरक्षित यात्रा र मोटर खेलको विकास प्रवर्द्धन सन्देश पनि हो ।’ -यालीका सहभागीहरुको निगरानीलाई विभिन्न ७ स्थानमा चेक प्वाइन्ट राखिने आयोजकले जनाएको छ । तोकिएका चेक प्वाइन्टमा -यालीमा सहभागीले अतिरिक्त क्रियाकलामा सहभागी हुँदै अंक बटुल्नेछन् ।
तोकिएअनुसारको सहभागीहरुले सवारीसाधन चलाउनुपर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नुपर्नेछ । सोही आधारमा उपाधिसमेत दिइने छ । चितवनको भरतपुरबाट सुरु हुने -याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुँदै मुक्तिनाथमा पुग्नेछ । जान–आउन गरेर छ सय किलोमिटरको -यालीको तयारीसमेत तीव्र पारेको उनले बताए । साथै कालीगण्डकी किनारमा मोटर स्पोर्टस् प्रतिस्पर्धाका विभिन्न खेल पनि समावेश गरिएको उनले बताए । -यालीमा ३० वटा सवारीसाधनमा १ सय जना सहभागी हुने आयोजकको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया