आगलागीपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार सहयोग गर्ने
विराटनगर ।
ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागीपीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा समेत गरेका छन् ।
आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने उनको भनाइ थियो । आगलागीपीडितहरुको अवस्था बुझ्न बिहीबार घटनास्थल पुगेका राईले पीडितहरुको मागअनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिए । उनले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागिपरेको बताए ।
प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय किलो चामल, २५० किलो दाल, नुन, तेललगायतका खाद्यान्न र म्याट्रेसलगायतका सामग्री मुख्यमन्त्री राईले पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ । मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, प्रदेशसभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगामलगायत आगलागी बस्ती पुगेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया