मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ । मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।
मधेस प्रदेश सरकारका एक राज्यमन्त्री र दुई मन्त्रीको उपस्थितिमा भएको समारोहमा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतम र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) गण्डकी पोखराका अध्यक्ष कमला गिरीले आपसी मित्रता, भ्रमण र अनुभव आदानप्रदान गरिने बताउँदै मितेरी सम्बन्ध कायम गरिएको घोषणा गरेको हो ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले गण्डकीबाट मधेसका पर्यटकीयस्थल अवलोकन र थप सम्भावनाबारे अध्ययन गर्न मधेस आएको गण्डकी टोलीको सम्मानमा आयोजना गरेको सम्मान समारोहमा यो घोषणा भएको हो ।
समारोहमा पर्यटन व्यवसायी महिला सङ्घ गण्डकी पोखराका अध्यक्ष गिरीले मधेस धार्मिक पर्यटनको दृष्टिले उर्वर रहेको धारणा राखिन । “यहाँ सप्तरीबाट पर्सासम्मका आठै जिल्लामा प्राचीन धार्मिक सम्पदा रहेछन्, यद्यपि तिनको समुचित व्यवस्थापन हुनसकेको रहेनछ”, गण्डकीबाट २० सदस्यीय महिला व्यवसायीको नेतृत्व गर्दै मधेस आएकी अध्यक्ष गिरीले भनिन ।
सो समारोहमा सरिक मधेस सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, श्रम तथा यातायातमन्त्री बेची लुङ्गेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाको ध्यानाकर्षण गराउँदै उनले भनिन, “अहिले आर्थिक वर्ष २०८१÷८२ को बजेट तयारीको बेला छ, यस क्षेत्रमा मन्त्रीज्यूहरूको ध्यान पुगोस् ।” समारोहमा उनले तीनैजना मन्त्री, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र होटल तथा पर्यटन व्यवसायी सङ्घलाई गण्डकी भ्रमणको निमन्त्रणा हस्तान्तरण गरिन ।
मन्त्री लुङ्गेलीले मन्त्रालयमातहतका कामलाई पारदर्शी बनाउन आफू लागिपरेको बताए भने राज्यमन्त्री थापाले आफ्नो तहबाट प्रदेशको पर्यटन प्रवर्द्धनका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भट्टराईले मधेसमा पर्यटन पूर्वाधारका काम योजनाबद्ध रूपले अघि बढ्ने प्रतिबद्धता जनाए ।‘दिगो पर्यटनका लागि समान सहभागिता’ विषयमा भएको छलफलमा मधेस र गण्डकीका व्यवसायीले आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया