काठमाडौं ।
नेपालको लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कं. प्रालिले बजाज शून्य अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको जनाएको छ । यस अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौँ लाख जित्न सक्नेछन् ।
कम्पनीका अनुसार यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरिद गर्नुपर्नेछ । यो योजनाअनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत चारवटादेखि छवटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् ।
यस अफरमा सहभागी भएका ग्राहकले न्यूनतम पनि १० हजार रुपैयाँ निश्चितरुपमा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुने बताइएको छ । कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया