नववर्ष अभियानको तयारी पूरा गर्दै दराज
काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले आगामी आइतबारदेखि नववर्षको भव्य सेल–दराज ‘नववर्ष २०७८’ सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको छ ।
दराज नववर्ष २०७८ को प्रमुख आकर्षणहरूमध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजार रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । डेबिट कार्डधारकहरूले एक हजार रुपैयाँसम्मको थप छुट पाउनेछन् र क्रेडिट कार्डधारकहरूले एक हजार पाँच सय रुपैयाँसम्मको थप छुट पाउनेछन् ।
पेमेन्ट पार्टनरहरुमा भने नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक, साथै ग्राहकहरुले आफ्नो इ–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि पाँच सयसम्मको विशेष छुट पाउन सक्छन् । यतिमात्र नभई, ग्राहकहरु खेल एक रुपैयाँको, एड टु कार्ट, मिसन नववर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्नेछन् ।
यसका साथै दराज बिक्रेताका लागि पनि राम्रो खबर छ। गत बिहीबारदेखि दराजले बिक्रेताहरुलाई १४ दिनको सट्टा प्रत्येक सात दिनमा साप्ताहिक भुक्तानीहरू प्रदान गर्नेछ । दराज नववर्ष २०७८ को लागि उत्साहित दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिङ्गले गएको एक वर्ष कोरोना महामारीको कारणले समय निकै कठिन भएको बताउँदै नयाँ वर्ष २०७८ सबैको लागि राम्रो समय रहने बताए । ‘हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौँ’, उनले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया