महाकाली अस्पताललाई भीमदत्त र वेदकोटद्वारा ३० लाख सहयोग
महेन्द्रनगर ।
महाकाली अस्पतालमा अक्सिजनको अभाव भएको छ । अक्सिजन अभाव भएपछि अस्पताललाई अक्सिजन व्यवस्थापन गर्नका लागि स्थानीय सरकारहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २० लाख रूपैयाँ र वेदकोट नगरपालिकाले १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ । वेदकोट नगरपालिकाले भने सहयोग रकम हस्तान्तरण नै गरिसकेको छ भने भीमदत्तले सहयोगको लागि प्रक्रिया अघि बढाएको जनाएको छ । आइतबार वेदकोट नगरपालिका नगरप्रमुख अशोक कुमार चन्दले १० लाख रूपैयाँको चेक महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन् ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सिजनको आपूर्ति सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले महाकाली अस्पताल व्यवस्थापन समितिलाई २० लाख सहयोग गर्न नगरपालिकाले पक्रिया थालेको जानकारी दिए । ‘
अस्पतालका अक्सिजन अभाव हुन थालेपछि त्यसको सहज आपूर्ति गर्ने नगरपालिकाले सहयोग गर्नलागेको हो’, नगरप्रमुख विष्टले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित निर्देशन तथा समन्वय समितिको निर्णयअुनसार अस्पताललाई सहयोगको प्रतिबद्धता गरेका छौँ ।’ सहयोग आग्रहका लागि अस्पताललाई पत्र पठाउन भनिएको छ । उक्त रकमबाट अक्सिजन प्लान्ट स्थापना एवं सिलिन्डर खरिद गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया