काठमाडौं, पुस २९
आशा लघुवित्त वित्तीय संस्थाले २०७६, पौष २३, २४ र २५ गते तीन दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । संस्थाले शाखा कार्यालय आदर्शकोट वाल बारामा आबद्ध सदस्यहरूमध्ये एक सय १० जना महिला सदस्यहरूलाई निःशुल्करूपमा लुगा धुने झोल साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दे आदर्श कोटवाल गाउँपालिका प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरूलाई उद्यमशील बन्न थप सहयोग पुग्ने कुरा व्यक्त गरे । साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपप्रमुख श्रीमति पुनमदेवी साहले तालिमपश्चात् महिलाहरूलाई लघु उद्यम गर्नका लागि थप सहयोग पुग्ने कुरा व्यक्त गरिन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख प्रभुकुमार यादवले यस कार्यक्रमपश्चात् सदस्यहरूको व्यवसायमा वृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरूको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरूले कम लागतमा लुगाधुने झोल सर्फ तथा सर्फ बनाउने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरूमार्फत झण्डै दुुई हजार एक सय ५५ जना विपन्न महिलाहरूलाई यसप्रकारका सीपमूलक तालिमहरू प्रदान गरिसकेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरू सम्पूर्ण शाखा कार्यालयहरूबाट सञ्चालन गरी सदस्यहरूको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रूपमा स्वीकृतिप्राप्त संस्थाले ‘विपन्न समुदायका निम्ति आशा‘ भन्ने मूल नाराका साथ ककनी –६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म संस्थाले २९ वटा जिल्लाहरूका ५५ शाखा कार्यालयहरूमार्फत करिब ५२ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब दुुई अर्ब १८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरूबाट ६३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया