टाटा मोटर्सद्वारा महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरतलाई विशेष छुट
काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोरोना भाइरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस योजनामा महामारीमा पनि निरन्तर सेवा पु¥याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत व्यक्तिहरु सहभागी हुन सक्नेछन् ।
योजनाअनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरुबाहेक थप सुविधा प्राप्त गर्नसक्ने जनाइएको छ । जसमा एक लाख ५० हजार विशेष छुटका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा रोेयल्टी बोनसस्वरुप ३० हजार प्राप्त गर्ने कम्पनीले जनाएको छ । गाडीहरुको होम डेलिभरीको सुविधा रहेको पनि जनाइएको छ । यो योजना १ मेदेखि सुरु भई मे ३१ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया