एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधा
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवाहरु लिन सक्छन् ।
कम्पनीका अनुसार यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ । ग्राहक सेवालाई अझै परिष्कृत गर्दै लाने उद्देश्यअनुरुप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य हो । यसैअन्तर्गत एनसेलले विविध सेवा सुविधाहरुसहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ । नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहकका लागि प्याकको खरिदमा शतप्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफरहरु पनि रहेका छन् । यस कोरोना महामारीका बीच ग्राहकले घरबाटै आफ्नो आवश्यकताअनुसारको सेवाहरु वेबसाइटमार्फत खरिद गर्न सक्छन् ।
विशेष अफरअन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा एक सय ५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस एक दिनको प्याक (१८ रुपैयाँ), सात दिनको प्याक (९८ रुपैयाँ), १४ दिनको प्याक (एक सय ३९ रुपैयाँ) लागू रहेको छ भने ट्रिपल मजाअन्तर्गत सात दिनको प्याक (एक सय नौ रुपैयाँ), १० दिनको प्याक (एक सय ४७ रुपैयाँ) र ३० दिनको प्याक (चार सय ५९ रुपैयाँ)मा थप ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केही प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउँछन् ।
कोरोना महामारीले गर्दा घर–घरमै बस्नुपर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
ग्राहकले हाल सञ्चालनमा रहेको अनलाइनको खुसी अभियानअन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विशेष अफरबाट फाइदा लिन सक्छन् । यी अफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यालयको काम गर्न, अनलाइन कक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उद्देश्यका साथ ल्याइएका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया