जेनेस सोलुसनको रणनीतिक उपलब्धि, साढे पाँच करोड लगानी प्राप्त
काठमाडौँ । नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रालिबाट पाँच दशमलव पाँच करोडबराबर रकम लगानी प्राप्त गरेको छ । बिजनेस अक्सिजन प्रालि वल्र्ड बैंक ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय निगमद्वारा सञ्चालित ग्लोबल एसएमई भेन्चर पहलको एक अंग हो ।
मुख्यतः क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्देश्यहरुको परिपूर्तिको लागि प्रयोग गर्ने जनाएको छ ।कम्पनीका अनुसार यस्ता उद्देश्यहरुमा आफ्नो सेवा÷उत्पादनको दायरा विस्तार र व्यावसायिक सीपको स्तरोन्नतिलगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन् ।
‘बिजनेस अक्सिज प्रालिबाट प्राप्त वित्तीय लगानीलाई हामी दक्ष मानव संशोधन र पछिल्लो प्रविधिलाई अपनाई आफ्नो दैनिक कार्यसम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्नेछौँ । यसले दीर्घकालीन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाई उचाइमा पु¥याउन एक उत्प्रेरकको भूमिका खेल्नेछ’, जेनेस सोलुसनको संस्थापक अन्जनी फुयालले भनिन् ।
त्यसैगरी, जेनेस सोलुसनले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।
सिक्स सिग्मा ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका पोखरेलको आईबीएम, ईएक्सएल, भायानेट कम्युनिकेसनलगायत सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया