किराना पसल बन्द गर्ने निर्णय फिर्ता लिन चेम्बरको आग्रह
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा गरिएको किराना पसल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ भेरिएन्टको कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक हप्ता किनारा पसल पनि बन्द गर्ने निर्णय गरेका थिए ।
चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गरी किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का पर्ने बताएको छ । साथै किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिदा अत्यावश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलाई सुलभ आपूर्ति नहुने चेम्बरले जनाएको छ । चेम्बरले तोकिएको स्वास्थ्य मापदण्ड, भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिकबमोजिम किराना पसल खोल्ने व्यवस्था गर्न माग गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया