जलविद्युत्का श्रमिकले चार वर्षमा पनि पाएनन् पारिश्रमिक
महेन्द्र शाही
सोलुखुम्बु, माघ ३
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको सोलुखोला तुइन्टार लघुजलविद्युत् आयोजनामा काम गरेका ११ श्रमिकले पारिश्रमिक नपाएको भन्दै गाउँपालिकामा निदेवन दिएका छन । २०७२ को वैशाख २९ गते काम सकेर गएका कामदारले पारिश्रमिक नपाएको भन्दै गाउँपलिकाको न्यायिक समितिमा निवेदन दिएका हुन् ।
पारिश्रमिक नपाउँदा घर व्यवहार सञ्चालनमा समस्या भएको ऐँसेलुखर्क गाउँपालिका ५ का एक श्रमिक नेत्र बहादुर बस्नेतले गुनासो गरे । लामो समय सम्म पारिश्रमिक नपाउँदा आफूहरुले उदारो समेत तिर्न नसकेको उनको भनाइ छ । पसलले पैसा मागरे हैरान गराएको उनको भनाइ छ । तर आफूले उदारो तिर्न नसकेको उनले सुनाए । लघुजलविद्युत् आयोजनामा काम गरेका ऐँसेलुकर्खको वडा नम्बर ५ को सानो डुम्रेका ११ जनाले १ लाख ५० हजार पारिश्रमिक पाउन बाँकी छ ।
बारम्बार रकम माग गरिएको भए पनि आफूहरुलाई भोलि भोलि भन्दै टारिएको अर्का श्रमिक भीम प्रसाद घिमिरेको भनाइ छ । आफूले गरेको परिश्रमको मूल्य नपाएकाले आफूहरु गाउँपालिकामा आउनुपरेको उनको भनाइ छ । दिनभरि काम गरेर गुजार चलाउनुपर्ने अवस्था रहेकाले लामो समयसम्म रकम नपाउँदा मर्का परेको श्रमिकको भनाइ छ । यस विषयमा उनीहरुलाई काम लगाउने समितिका अध्यक्ष जस कुमार राईले भने आयोजना निर्माणको काम गाउँपालिकाले लिएकाले आफूहरुले श्रमिकको पैसा तिर्न नसकेको बताए । आफूलाई गाउँपालिकाले रकम उपलब्ध गराएको खण्डमा रकम भुक्तानी गरिदिने राईको जवाफ थियो ।
यस सम्बन्धमा गाउँपालिका उपाध्यक्ष कुमार देवी शर्माले भने निवेदन आएको भन्दै यस विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताइन् । श्रमिकले कुनै पनि हालतमा पारिश्रमिक पाउनु पर्ने उनको भनाइ छ । जुनसुकै कारण भए पनि श्रमको मूल्य दिलाउने विषयमा आफ्नो पहल रहने उनले जानकारी दिइन् । यो जलविद्युत् आयोजना निकै लामो समयदेखि निर्माण नहुँदा स्थानीय सोलार बाल्न बाध्य समेत भएका छन् ।
राजनीति खिचातानीका कारण २०६२ सालमा निर्माण सुरु भएको आयोजना १३ वर्षसम्म पनि निर्माण हुनसकेको छैनन् । अहिले भने यो योजना निर्माणको जिम्मा गाउँपालिकाले लिएको छ । आयोजना निर्माणको जस कसले लिने भन्ने विषयमा कुरा नमिल्दा यस्तो अवस्था आएको स्थानीय सरोकारवालाले बताउने गरेका छन् । यो आयोजना २०६४ सालमा निर्माण सम्मपन्न गर्ने गरी २०६२ सालमा निर्माणकार्य सुरु भएको थियो । तर विभिन्न कारणले यो विद्युत् आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया