कोभिडले असर पारेको आर्थिक नोक्सानीको पूर्तिका लागि सबै मुलुकबीचको सहकार्य आवश्यक
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले कोरोना महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताएका छन् । यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्य अति आवश्यक रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९औं बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै उनले कोरोना महामारीको पीडा सम्पूर्ण विश्वले नै भोग्नुपरेको बताए । संघईले नेपालमा पनि गतवर्षबाट संक्रमण फैलिन सुरू भएको र त्यसलगत्तै सरकारले देशव्यापी रुपमा लगातार तीन महिनाभन्दा बढी बन्दाबन्दी गरेको बताए ।
बन्दाबन्दीले सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुनगई ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै उनले यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै पहिलो पटक दुई दशकयता मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको बताए ।
कुल गार्हस्थ्य उत्पादन घटेको, लाखौँको रोजगारी गुमेको र गरिबीको प्रतिशत बढेको उनले उल्लेख गरे । महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको उनको भनाइ थियो । निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महसुस गरी सरकारसँग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको सभापति संघईले बताए ।
यस्तै मुलुकमा असल श्रम सम्बन्धको प्रवर्द्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न रोजगारदाताले ट्रेड युनियनसँगको संवादलाई महत्व दिएको उनले बताए । लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेको कुरा उल्लेख गर्दै उनले परिवर्तित सन्र्दभमा सूचना प्रविधिको बढ्दो प्रयोग, काम गर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रमबजार र श्रमसम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयाँ सीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरे ।
साथै उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता रहेकोमा पनि जोड दिए । सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रणको सबलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दिगोपनमा केन्द्रित रहेको उल्लेख गर्दै आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवर्द्धनमा प्राथमिकता दिई काम गरिरहेको जानकारी गराए । रोजगारदाताले तय गरेका कार्यक्रमहरु सञ्चालन गर्न आईएलओबाट थप सहयोग प्राप्त हुने अपेक्षा समेत गरे ।
एक सय ७६ भन्दा बढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आईएलओ बैठक जुन ३ देखि १८ सम्म सञ्चालन हुनेछ । श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तर्राष्ट्रिय श्रम संगठन शताब्दी घोषणाको कार्यान्वयनलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया