मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई
काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाको यही जेठ २९ गते बसेको सञ्चालक समितिको दुई सय नवौँ बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको हो । उनको कार्यकाल सोही दिनदेखि नै लागू भएको संस्थाले जानकारी दिएको छ ।
यसैबीच संस्थाको सोही दिन बसेको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ । संस्थाका अनुसार उनको कार्यकाल यही असार एक गतेदेखि कार्यान्वयनमा आउने छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ७५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९९ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८७ करोड ६७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ५० करोड ४७ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ३४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर सात दशमलव ३५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४५ करोड ७२ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५० करोड ८७ लाख चार हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १७ लाख रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- देशको आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड
- गण्डकी टिमका राष्ट्रिय भलिबल खेलाडी सम्मानित
- म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
- दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने
- आर्थिक विकासको बाधक राजनीतिक अस्थिरता
- नेपालमा उधारो उठाउने कानुन: उधारो प्रेमको कैंची हो
- गण्डकी र कोशीमा संविधान च्यातियो
- राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया