‘बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगे’
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगेको बताएका छन् । साथै त्यस्ता संस्थाहरूले आफ्नो उचाइविपरीत संकीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत उनले आरोप लगाए । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएकाले पनि बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगेको बताए ।
‘परिणामस्वरूप नेपाली बालकाबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’, उनले भने । यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकालाई प्रयोग गर्ने काम समेत भएको उनको भनाइ छ । ‘कहीँ रीत पु¥याएर त कहीँ गुपचुप ढंगले बालबालिकाको दुरूपयोग भयो । आगामी दिनमा यस्ता कुरालाई सम्पूर्णरूपले रोक्नुपर्छ’, उनले भने ।
बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुदजस्ता पाउनैपर्ने हक समेत नपाएको उनको भनाइ थियो । आजका बालबालिकालाई शारीरिक र मानसिकरूपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने उनले बताए ।
सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने उनको दाबी छ । साथै आवश्यक सबै प्रबन्ध गर्ने र साथमा उनीहरूलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत उनले बताए । यस कार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पूर्वाधारमा पूर्ण सहयोग हुने उनको भनाइ थियो । नेपाल बाल संगठनले यसतर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै उनले संगठन अब कमजोरीहरू हटाइ अघि बढने समेत जानकारी दिए ।
साथै फरक प्रसंगमा प्रधानमन्त्री ओलीले सरकारले खोपको अभाव क्रमशः सुल्झाउँदै गएको बताए । सन २०२१ भित्रै सबै नागरिकहरूलाई खोप लगाइने जानकारी दिँदै उनले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्नसकिने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया