नेपाल टोस्टमास्टर्सद्वारा भर्चुअल साइटेसन २०२१ आयोजना
काठमाडौँ ।
नेपालमा टोस्टमास्टर्सको गतिविधि बढ्दो प्रवृत्तिमा छ, जसले पब्लिक स्पिकिङ र लिडरसिप स्किल्स सिक्नको लागि एक सुरक्षित र सहयोगी वातावरणको सिर्जना गरेको छ । तीन सय सदस्यहरु रहेको टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को हिस्सा रहेको नेपाल टोस्टमास्टर्सले एनुअल एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन मनाएको छ । कार्यक्रममा डिभिजन डाइरेक्टरहरुले आफ्नो उपलब्धिहरु प्रस्तुत गरेका थिए । टोस्टमास्टर अफ द एर अवार्डले निल पाण्डे (डिभिजन ए), सुभरथ पौडेल (डिभिजन एन) र कुमार थापा (डिभिजन ओ) लाई सम्मान समेत गरिएको थियो ।
यस्तै विगत दुई वर्षदेखि डिस्ट्रिक्ट प्रतियोगितामा विजय भएका नेपालका टोस्टमास्टर्सहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा असिरा खनाल, टेबल टपिक्स स्पिच कन्टेस्ट (२०१९–२०), प्रिया चापागाईं, इभ्यालुएसन स्पिच कन्टेस्ट (२०१९–२०), अल्फा मैया शाक्य, इन्टरनेशनल स्पिच कन्टेस्ट (२०१९–२०), प्रिया चापागाईं, टेबल टपिक्स कन्टेस्ट (२०२०–२१), श्रेया घिमिरे, इभ्यालुएसन स्पिच कन्टेस्ट(२०२०–२१) र प्रिया चापागाईं, उपविजेता, इन्टरनेशनल स्पिच कन्टेस्ट (२०१९–२०) रहेका थिए । दुई घण्टाको भर्चुअल इभेन्ट ३ डिभिजनका तर्फबाट कन्ट्री पीआरद्वारा आयोजित गरिएको थियो । सम्पूर्ण समुदायहरुलाई एकसाथ ल्याउन र व्यक्तिगत हिसाबले वा सामूहिक रुपमा एक टिमको हिसाबले उपलब्धिहरु मनाउने र सुधारहरुबारे छलफल गर्ने यस कार्यक्रमको मूल लक्ष्य थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया