काठमाडौं उपत्यकामा एकै दिन थपिए आठ सय बढी सङ्क्रमित
काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार काठमाडौँमा सबैभन्दा धेरै पाँच सय ५९, ललितपुरमा दुई सय छ जना, भक्तपुरमा ९४ जना, कास्कीमा तीन सय १६ जना, झापामा एक सय ९४ जना, मोरङमा एक सय ८९ जना, चितवनमा एक सय ८५ जना र सुनसरीमा एक सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्ममा १५ लाख तीन हजार तीन सय १२ ले पूर्ण खोप लगाएका छन् भने ३५ लाख ४४ हजार ४३ ले पहिलो मात्रा लगाएका छन् । काठमाडौं उपत्यकासहित बुधबार देशभर तीन हजार आठ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार आठ सय ८६ पीसीआर परीक्षणमा दुई हजार छ सय ३४ र चार हजार नौ सय २२ एन्टिजेन परीक्षणमा एक हजार दुई सय छ जना गरी जम्मा तीन हजार आठ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ८८ हजार तीन सय सात पुगेको छ । एन्टिजेन परीक्षणमा सङ्क्रमित हुनेको सङ्ख्या ५८ हजार तीन सय ५० रहेको छ । पछिल्लो समय थप एक हजार नौ सय ९३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ४९ हजार ७२ पुगेको छ । निको हुने दर ९४ दशमलव तीन रहेको पनि मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा २६ हजार छ सय ५२ जना होम आइसोलेसन तथा दुई हजार सात सय ९२ जना संस्थागत आइसोलेसन छन् । त्यसैगरी छ सय ११ जना आइसीयु र एक सय ६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार सय ४४ जना रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार सात सय ९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ भने मृत्यु दर एक दशमलव पाँच प्रतिशत रहेको छ ।
प्रदेश नं १ मा १,१८० मा सङ्क्रमण
यस्तै, प्रदेश नं १ मा बुधबार एक हजार एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार एक सय २४ जनाको पिसिआर परीक्षण गर्दा छ सय ७८ र एक हजार सात सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय दुई जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
सङ्क्रमित हुनेमा झापामा दुई सय ६६, मोरङमा एक सय ८८ मध्ये विराटनगरमा ४१, सुनसरीमा एक सय ७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा पाँचः इलाममा चार, भोजपुरमा तीन, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेशबाहिरका १९ जना रहेका छन् । प्रदेशमा उक्त अवधिमा दुई सय दुई जना सङ्क्रमणमुक्त भएकामध्ये ७८ महिला र एक सय २४ पुरुष रहेका छन् । यसैगरी सोही अवधिमा प्रदेश नौ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया