धरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन विशेष पहल गर्न नाडाको आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन विशेष पहल गर्न सरकारसँग आग्रह गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीकोे नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी कोभिड १९ को कारण सरकारले गरेको बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेकोले विशेष प्याकेज ल्याउन माग गरेको हो ।
भेटमा नाडाका केन्द्रीय सदस्य, सार्वजनिक सवारीसाधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुलाई पनि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएजस्तै आर्थिक राहत उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका थिए । साथै उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा यूरो–६/बीएस–५ लागू गर्न लागेको विषय सह्राहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराउन आग्रह गरे ।
प्रतिनिधि मण्डलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान सहभागी थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया