सहकारी पत्रकार समाजको ११औँ स्थापना दिवस
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औँ स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरूले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमूलक समाचार सम्प्रेषण गर्नुपर्ने बताए । सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उनले बताए । ‘सहकारीले तीनखम्बे अर्थनीतिअनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने । सत्थ्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले निष्पक्ष ढगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चार माध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले सञ्चार माध्यमको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए । ‘सहकारीका सबै खाले समाचारले सहकारी प्रवर्द्धनमा सहयोग पुग्छ’, उनले भने, ‘सहकारीले खोजमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।’
नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव तुलसी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी श्रेष्ठले स्वागत गरेका थिए ।
पत्रकारिता पुरस्कार कौशिला कुँवरलाई : नेपाल सहकारी पत्रकार समाजको ११औँ स्थापना दिवसको अवसरमा सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिककी पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ । सीजेएनकी सदस्य कुँवरले सहकारी क्षेत्रमा रचनात्मक कलम चलाएबापत पुरस्कृत गरिएको हो । त्यस्तै सीजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया