भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार छ सय ६२ जना संक्रमित भएका हुन् ।
सोही अवधिमा दुई सय १८ जनाको भाइरस संक्रमण कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि संक्रमितहरूको संख्या तीन लाख ४० हजार छ सय ३९ रहेको छ । यो संख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेहरूको संख्या धेरै भएकाले संक्रमितहरूको संख्या घट्दै गएको हो ।
त्यसैगरी अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको संख्या तीन करोड २६ लाख ३२ हजार दुई सय २२ पुगेको छ । गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार दुई सय ७३ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १४ लाख ४८ हजार आठ सय ३३ जनाको शुक्रबार परीक्षण गरिएको हो । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया