चेम्बरको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन गरिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति सदस्य सन्तोष कुमार पाण्डेको सभापतित्वमा चेम्बरअन्तर्गत गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
नवगठित समितिकोे सहसभापतिमा योगेश क्षेत्री तथा सदस्यहरुमा क्रमशः पंकज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, रामराजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपति देव पाण्डे, अनिल परियार, नवराज चालिसे, मोहन ओझा, सोना अमात्य, सुनिता वतासु, रमिता राजभण्डारी, रमेश ढकाल मनोनीत भएका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष्य भएकोले चेम्बरको छातामुनि बसी अर्थतन्त्रको विकासको लागि योगदान दिने बताउँदै व्यवसायीहरुको वास्तविक मर्कालाई सम्प्रेषण गर्न पनि आग्रह गरे ।
अध्यक्ष मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले नवमनोनीत टिमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राखेको बताए । समितिका सभापति पाण्डेले वर्तमान टिम नयाँ सोच लिएर गठन भएको बताए । नवगठित समितिले आगामी दिनहरुमा नयाँ कार्यक्रमहरु ल्याइने बताए । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया