जगदम्बाले ‘एनटर्कियन राइड’को आयोजना गर्ने
काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्कियनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ ।
यो राइड शनिबार नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ । भेन्युमा पुगेलगत्तै लाइभ म्युजिक, मनोरञ्जक खेलहरु र सहभागीहरुसँग एक अन्तर्क्रियात्मक सत्रको पनि आयोजना गरिएको छ । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्कियनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्कियन क्लबको गठन गर्नु हो । यसले सबै राइडरहरुलाई एक अर्कासँग जोड्न र आफ्नो एनटर्कियन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गर्दछ । लाइसेन्स भएका सबै एनटर्कियनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अपनाएर आयोजना गरिँदै छ ।
सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्रि हुने स्कुटर बन्नपुगेको छ । अहिले यो यसको इन्डस्ट्री फस्र्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टीभीएसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटीएफआई पर्दछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया