Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले २०७८ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार पाँच सय रुपैयाँमध्येबाट १६ प्रतिशतले हुनआउने दुई अर्ब ६० करोड ११ लाख ७२ हजार सात सय रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १२ दशमलव ६१ प्रतिशत अर्थात् दुई अर्ब पाँच करोड दुई लाख ११ हजार आठ सय २३ रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव ३८ प्रतिशत अर्थात् ५५ करोड नौ लाख ६० हजार आठ सय ९७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । बैंकका अनुसार प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x