सोनी लाइभ र टेलिनेटबीच साझेदारी
काठमाडौं । सोनी पिक्चर्स नेटवर्क्स इन्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म, सोनी लाईभले टेलिनेट प्रालिसँग सम्झैता गरी नेपालमा सब्सक्रिप्सन वितरण गरेको छ । उक्त सम्झौतापछि अब सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्नसक्ने सुविधा उपलब्ध भएको छ ।
यो ओटीटी प्लाटफर्म आईओएस, एन्ड्रोइड र वेवमा उपलब्ध छन् । यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रिमियम सामग्रीहरुको ठूलो भण्डार समावेश छ । नेपालका ग्राहकहरुले जिएफसारेना डटकम वेबसाइटमा गई सोनी लाइभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेटहरु ई–सेवा, आईएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ ।
नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमान्ड ओटीटी प्लाटफर्म सोनीलाइभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक–पुनर्बिक्रेता हो । सोनी लाइभका सब्सक्राइबरहरुले वेब सिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामग्री, विशिष्ट खेलकुद सामग्री, आदि यही प्लाटफर्ममार्फत हेर्न सक्नेछन् । प्रयोगकर्ताहरुले यी सामग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टिभीमा हेर्न सक्नेछन् भने कुनै पनि सदस्यले पाँच वटासम्म प्रोफाइल बनाउन पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया