सामसङको नयाँ फोल्डेबल फोनले नोट सिरिजको बिक्रीलाई उछिन्यो
काठमाडौं । सामसङको नयाँ फोल्डेबल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फिल्प थ्री स्मार्ट फोनहरुले नेपालमा छोटो अवधिमा नै कीर्तिमानी कमाएका हुन् । एउटा सानो पर्सको आकारमा आएका यी फोनहरु धेरै बिक्रेता, उद्योगी व्यवसायी एवं प्रयोगकर्ताको मन जित्न सफल भएका हुन् ।
सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फिल्प थ्री स्मार्टफोनहरुको बिक्री सुरुवात भइसकेपछि यिनको बिक्रीले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ । यी स्मार्ट फोनहरुका बिक्रेता र खुद्रा बिक्रेताहरुले अहिले यी फोनको माग समेत धान्न नसक्ने अवस्था आइसकेको बताएका छन् । उनीहरुले यी फोन प्रयोग गर्न चाहनेहरुलाई केही समय धैर्य गर्न समेत सुझाउन थालेका छन् । सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फिल्प थ्री स्मार्ट फोनहरुमा भएको ठूलो स्क्रिन एवं आकर्षक साइजलगायतले यी फोनहरुतर्फ मानिसको आकर्षण बढाएको छ । स्मार्टफोन प्रयोग गर्ने झण्डै ६० प्रतिशत युवापुस्ताले अहिले यी नयाँ फोनमा चासो राखेको पाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया