काठमाडौं । सन् २०१८ मा सञ्चालनमा आएको नेः नेपालले एक वर्ष पूरा गरेको छ । यो अवधिमा नेः नेपाल नेपालका कला, नेपाली जनता र नेपालका कथाहरुलाई वर्णन गर्न सफल भएको छ ।
कम्पनीले अहिले ३५ जना फरक कलाशिल्पी र अन्य महिलाहरुसँग मिलेर उनीहरुद्धारा उत्पादित हस्तकलाका विविध उत्पादनहरुको प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । कम्पनीको उद्देश्य भनेको नेपाली कलाकर्मीहरुलाई सुदृढ बनाउने अवसर प्रदान गर्दै अगामी दिनमा उनीहरुले बनाएका वस्तुहरुलाई अझै परिष्कृत बनाउन सक्षम होऊन् भनेर प्राविधिक ज्ञान र विशेषज्ञता प्रदान गर्नु हो ।
कोरोनाको उच्च जोखिमको बीचमा नेः नेपालको स्थापना भएको थियो । स्थापनाको एक वर्ष पूरा हुँदै गर्दा कम्पनीले ललितपुरको झम्सिखेलमा नयाँ स्टोर समेत खोलेको छ । उक्त स्टोर सुन्दर वृक्षको फेदमा विभिन्न उच्च कलाशिल्पको सजावटसहित सुसज्जित रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया