ट्रम्पको सामाजिक सञ्जालले उठायो १ अर्ब डलर
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जालले लगानीकर्ताहरुबाट एक अर्ब डलर संकलन गरेको छ । ट्रम्पको नयाँ सामाजिक सञ्जाल भेन्चरले सेयरबजारमा सूचीकृत हुनुअघि नै उक्त रकम संकलन भएको जनाएको हो ।
द ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल अर्को वर्षको सुरुतिर ल्याउने तयारी गरिरहेको छ । ट्विटर र फेसबुकजस्ता अहिलेका चर्चित सामाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि ट्रम्प आफ्नै सामाजिक सञ्जाल ल्याउने तयारीमा थिए ।
‘एक अर्ब डलरले सेन्सर लगाउने र राजनीतिक विभेद गर्ने ठूला प्रविधि कम्पनीलाई गतिलो सन्देश दिएको छ’, उनले भनेका छन्, ‘हाम्रो ब्यालेन्ससिट विस्तार भएसँगै ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप ठूला कम्पनीको अत्याचारसँग लड्न बलियो हुनेछ ।’
ट्रम्पले यही वर्षको सुरुमा ट्रुथ सोसल लन्च गर्ने तयारी गरेका थिए । यसले राजनीतिक आस्थाकै आधारमा कसैलाई विभेद नगर्ने उनले बताउँदै आएका छन् । ट्रम्पको उक्त ग्रुपले खाली चेक प्राप्तिसम्बन्धी कम्पनी डिजिटल वल्र्ड एक्विजिसनसँग मिलेर भेन्चर कम्पनी बनाएको हो ।
शनिबार उनीहरुले विभिन्न संस्थागत लगानीकर्ताबाट एक अर्ब डलर संकलन गरेको बताएका छन् । तर लगानीकर्ताबारे भने अहिले खुलाइएको छैन । रिपोर्टहरुका अनुसार उक्त सोसल मिडिया भेन्चर अहिले नै चार अर्ब अमेरिकी डलर मूल्यवान् कम्पनी भएको छ ।
योसँगै विवादै विवादका बीच पनि पूर्वराष्ट्रपति ट्रम्पले अझै पनि बलियो लगानी आकर्षित गर्ने क्षमता राख्ने देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया