दराज नेपालको नयाँ प्रबन्ध निर्देशकमा आँचल कुँवर
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्धनिर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा यो खबर घोषणा गरेका थिए ।
नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिने कुँवरले बताइन् । कुँवरले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष यूएस कर्पोरेट क्षेत्रमा काम गरेकी छिन् । यो अवधिमा, उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन्, जहाँ उनले स्विडेन, पोल्यान्ड, साउदी अरब र इजिप्टजस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् ।
अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले वृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्दै छिन् । उनको नियुक्तिसँगै, दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्धनिर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया