सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एफपीयु टोलीको विदाइ
काठमाडौं, माघ २६
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयू)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जानलागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच हार्दिक विदाइ गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र संगठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र ईमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिए ।
उनले मिशन ईलाकामा रहँदा त्यहाँको भाषा संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मीहरु थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै खटिई जाने टोलीले मानव अधिकारको उच्च सम्मान गर्दै, भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीतिको पूर्ण पालना गर्दै राष्ट्र र संगठनको प्रतिष्ठा बढाउन दत्तचित्त भएर कार्यसम्पादनमा जुट्नु पर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसतर्फ खटिँई जान लागेको सो टोलीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय र सहकार्य गरी चेन अफ कमाण्ड र फौजी संस्कारमा रहेर पूर्ण व्यवसायीकताका साथ प्राप्त जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपीयुको रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० जना अधिकृतसहित कूल १८० जना रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया