इकुडोलमा शान्तिपूर्ण तवरमा निर्वाचन सम्पन्न
काठमाडौं । ललितपुर, बाग्मती गाउँपालिकामा शुक्रबार भएको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । बाग्मती गाउँपालिका इकुडोल–५ मा पनि शुक्रबार भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको निर्वाचन अधिकृत रोशनी लामाले बताइन् । नौ सय छ जना मतदात रहेको सो केन्द्रमा ९० प्रतिशतभन्दा बढीले स्थानीय तह निर्वाचनमा मतदात गरेका छन् । इकुडोलमा मुख्य प्रतिस्पर्धीको रुपमा ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल एकृकीत समाजवादी पार्टी गठबन्धन दलहरु र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरुको रहेको छ ।
निर्वाचन सम्पन्न भएसँगै शनिबार मतगणना कार्यक्रम अघि बढाइएको छ । इकुडोल–५ जनजागृति माध्यमिक विद्यालयलाई मतदान केन्द्र निर्माण गरेको स्थानमा सुरक्षाकर्मीसहित १५ सदस्यीय टोलीले मतदान गराएका हुन्, निर्वाचन अधिकृत रोशनी लामाले बताइन् । ललितपुर, चाँपगाउँबाट करिब ४२ किलोमिटर दूरीमा रहेको इकुडोल–५ मा कच्ची सडक पार गर्दै शान्तिपूर्ण तवरले स्थानीय निर्वाचन सम्पन्न गराउन आफूहरु पुगेको उनको भनाइ छ । ‘कच्ची सडकका कारण उपत्यकाको नजिक ठाउँ रहे पनि जानलाई कठिन रहेको थियो’ उनले भनिन्, ‘कठिनका बाबजुद पनि विना अवरोध निर्वाचन सम्पन्न गराउन सकेकोमा सम्पूर्ण सहकर्मीसहित आफूहरु खुसी छौँ । मतदातको सहभागिता उल्लेखनीय रहेको थियो ।’
इकुडोल–५ मा निर्वाचन आयोगले खटाएका निर्वाचन अधिकृत तथा सदस्यहरुका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी रहेका छन् । सरकारले निर्वाचनका लागि सेना, सशस्त्र प्रहरी, प्रहरी र म्यादी प्रहरी परिचालन गरेको छ । निर्वाचनको क्रममा विगतमा कुनै झगडा तथा द्वन्द्व नभएको कारण यस वर्ष निर्वाचनमा पनि कुनै अवरोध नभएको वरिष्ठ प्रहरी सई उद्धव महतले बताए । ‘निर्वाचनको सुरक्षा विषय निकै संवेदनशील हुन्छ, त्यसैले गर्दा हामीले यहाँको परिस्थिति र हिजो निर्वाचन गर्दाको समयमा भएको घटनाहरुलाई नजिकबाट अध्ययन गरी शान्तिपूर्ण निर्वाचन गराउन हामी सफल भएका हौँ’, वरिष्ठ सई महतले भने ।
त्यस्तै, आफूहरुले गराएको मतदान कार्यमा मतदाता, उम्मेदवारलगायतका सदस्यहरुले खुसी व्यक्त गरेको मतदानस्थलमा खटिएका अर्को सदस्य सबिन केसीले बताए । विद्यालयमा रहेको खुला चौर तथा भवनले गर्दा मतदान गराउन सहज भएको केसीले बताए । सो स्थानमा ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल एकृकित समाजवादी पार्टी गठबन्धन दलहरु र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिहरु प्रतिस्पर्धीहरु हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया