सुबास बस्नेत
दोलखा, फागुन ५
दोलखाका अधिकांश बजारमा लसुनको मूल्य आकासिएको छ । लसुनको मूल्य बढेपछि बजारमा सहजरूपमा पाउनसमेत छाडेको स्थानीय उपाभोक्ताले बताएका छन् । सदरमुकाम चरीकोटको कृषि बजारका स्थानीय व्यापारीले लसुनको भाउ बढेपछि हरियो लसुनको सागबाहेक सुकेको लसुन बेच्न छाडेका छन् । चीनमा महामारीको रूपमा फैलिएको कारोना भाइरसका कारण सीमा नाका बन्द भएपछि लसुनलगायत खाद्यान्न सामग्रीको समेत मूल्य बढेको छ ।
चरीकोट बजारमा प्रतिकेजी दुई सय रूपैयाँमा पाइने लसुनको मूल्य अहिले प्रतिकेजी सात सय ५० रूपैयाँ पुगेको छ । भीमेश्वर नगरपालिका वडा नं .३ का स्थानीय व्यापारी राम श्रेष्ठले बजारमा लसुन नपाएपछि काठमाडौँमा नै प्रतिकेजी सात सय रूपैयाँमा किनेर चरीकोट ल्याउनेगरेको बताए । उनले ५० रूपैयाँ ढुवानी खर्च राखेर सात सय पचास रूपैयाँमा बेच्ने गरेको बताए ।
सदरमुकाममा लसुन पाउन छाडेपछि चरीकोटका होटल व्यवसायीहरूले लसुनको प्रयोग गर्न छाडेको बताएका छन् । दोलखामा लसुनको खेती कमै मात्रामा हुनेहुँदा स्थानीय व्यापारीहरूले चीन र भारतबाट लसुन आयात गर्दै आएका छन् । अघिल्लो महिना नेपाल र चीनको बीचमा रहेका सबै नाकाहरू बन्द भएपछि लसुन, प्याजलगायतका वस्तुको मूल्य बढेको हो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया