रेल, जल यातायात र रोपवेमा ओली सरकारको निरन्तरता
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले हावाको भरमा रेल, जल यातायात र रोपवेको योजना ल्याएको भनेर आलोचना गर्ने दलहरुबाटै बनेको संयुक्त सरकारले पनि ती योजनालाई निरन्तरता दिएको छ ।
आइतबार संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेटमा ती आयोजना बनाउन बजेट विनियोजन गरेको उल्लेख गरिएको छ । बजेट वक्तव्यमा उल्लेख गरिए अनुसार आगामी आर्थिक वर्षमा पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माणकार्यलाई तीव्रता दिइनेछ भने वीरगञ्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिनेछ ।
यस्तै, विराटनगर–धरान, पथलैया–वीरगञ्ज, भैरहवा–बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिनेछ भने जयनगर–जनकपुर–कुर्था रेल यातायात सेवा विस्तार गरी विजलपुरासम्म यातायात सञ्चालन गरिनेछ । विजलपुरा–वर्दिवास र विराटनगर खण्डमा जग्गा प्राप्तिका लागि स्रोतको प्रबन्ध गरिएको बजेटमा उल्लेख छ । भिट्टामोड– जलेश्वर– जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिने र रेल र मेट्रोरेल आयोजनाका लागि छ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ ।
जल यातायात सेवालाई प्रवद्र्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा फेरी टर्मिनल निर्माणकार्य प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा ढुवानी सुविधा उपलब्ध गराउन रोपवे सेवा विकासको सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया