फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो ।
वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा नौ वर्षभन्दा बढी सेवा अनुभव सम्हालिसकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’को रूपमा काम गरिसकेका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थपासँग क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनपेमार्फत अन्तरबैंक फण्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया