पुतलीसडकमा एण्ड डोरिस रेष्टुरेन्ट
काठमाडौं । राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन)मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँं रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे । काठमाडौं महानगरपालिका वडा नं २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
डक एण्ड डोरिस रेष्टुरेन्ट प्रालिका प्रबन्धक निरज मानन्धरले रेष्टुरेन्टमा बिहानको ब्रेकफाष्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रुपमा स्वस्थ अनि सस्तो सेवा रहेको उनी बताउँछन् । ‘सामान्यतया साधारण रेष्टुरेन्टमा भन्दा हामी सस्तोमा सेवा दिन्छौं, उनले भने, ‘सस्तो भन्दा पनि स्वस्थकर खाना हाम्रो पहिलो प्राथमिकता हो’ । मासुहरु जहाँ पायो त्यहीँबाट नकिनेर विशेष स्थान जहाँं आईएसओ सर्टिफाई छ, त्यस्ता ठाउँबाट मात्र मासुलागयतका खाद्यान्न किनेर तयार पारिने उनको भनाइ छ ।
रेष्टुरेन्टको नाम अथ्र्याउँदै उनी रेष्टुरेन्टको नाम स्कटल्याण्ड देशका स्कटिस भाषाबाट राखेको बताउँछन् । उनका अनुसार स्कटिस भाषामा डक एण्ड डोरिसको अर्थ कुनै एक क्षणमा छुटिने बेलाको अन्तिम ड्रिक्स हो । काठमाडौं उपत्यकामा भोजभटेर वा ग्याडरिङमा छुटिने बेलामा अलिकति भए पनि पिउने चलनलाई आत्मसात् गरी रेष्टुरेन्टको नाम छनौट गरेको उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया