एक महिनादेखि बेपत्ता भएका दुई विदेशीको खोजीमा मौसम बाधक
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिनाभन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन रहेका छन् ।
प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तरको वर्षा तथा भौगोलिक कठिनाइका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए । उनले भने, ‘हामीले गोकियो, थाङबोचे र एभरेष्ट बेसक्याम्प क्षेत्रमा तीन टोली बनाएर खोजी गरिरहेका छौँ, वर्षा भइरहेको छ, कुहिरोले भिजिबिलिटी केही देखिँदैन, अझ भिर र जंगलको क्षेत्र भएकाले झनै गाह्रो भइरहेको छ ।’ खोजीका लागि भारत र कोरियाबाट आएका आफन्तहरू पनि सक्रिय रहेको जनाइएको छ । बेपत्ताहरू दुवै जना पथप्रर्दशकविना एक्ला–एक्लै भ्रमणमा आएका कारण अवस्था पत्ता लगाउन सकस परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया