जासुसी गरेको भन्दै गुगलविरुद्ध अमेरिकामा मुद्दा
न्यु मेक्सिको (अमेरिका) फागुन ११
अमेरिकी राज्य न्यु मेक्सिकोका महान्यायाधिवक्ताको कार्यालयले अवैध रुपमा विद्यार्थीमाथि जासुसी गरेको भन्दै गुगलविरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ । कम्पनीले विद्यार्थीहरुको व्यक्तिगत दाता अवैधानिक रुपमा जम्मा गरेको भन्दै मुद्दा हाल्न लागिएको हो ।
बीबीसीका अनुसार गुगलमाथि विद्यार्थीहरुले साइट भिजिट गर्ने क्रममा उनीहरुको पासवर्डलगायतका विभिन्न सूचनाहरु संकलन गरेको आरोप छ । विद्यार्थीहरुले हेरेका भिडियोलगायतको आधारमा गुगलले सूचना संकलन गरेको बताइएको छ । गुगलको क्रोमबुक ल्यापटप र जी सुइट भन्ने एउटा कार्यक्रमबाट उक्त तथ्यांक संकलन गरिएको बताइएको छ । तर गुगलले भने आरोप अस्वीकार गरेको छ ।
गुगलका प्रवक्ताले तथ्यगत रुपमा आरोप गलत भएको टिप्पणी गरेका छन् । जी सुइट र क्रोमबुकमा जिमेल, क्यालेन्डर, ड्राइभ, डकुमेन्ट र अन्य कुराहरु समावेश हुन्छन् । ती दुवै न्यु मेक्सिकोका ६० प्रतिशत बढी विद्यार्थीलाई निःशुल्क उपलब्ध हुने गरेको पनि अभियोगपत्रमा उल्लेख छ ।
उक्त राज्यका महान्यायाधिवक्ता हेक्टर बाल्डेरासले व्यावसायिक उद्देश्यका साथ गुगलले विद्यार्थीहरुको अनलाइन गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको बताए । गुगलको यस कार्य निकै खतरनाक भएको समेत उनले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया