बिजबजारको ‘२० मा बिज’ क्याम्पेन
काठमाडौं । बिजबजारको साउन महिनाअन्तर्गतको भारी छुटसहितको ‘२० मा बिज’ नामक क्याम्पेन सुरु भएको छ । यस महिनाको क्याम्पेन साउन १९ गते राति १२ बजेदेखि २२ गतेसम्म हुने भएको छ ।
नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते ‘२० मा बीज’ नामक क्याम्पेन चलाउँदै आएको छ । यसअन्तर्गत कम्पनीले शुक्रबार अपराह्न ४ बजेदेखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।
यस क्याम्पेनमा सबै वर्गका ग्राहकहरूले फेसनसँग सम्बन्धित सामानहरू, इलेकट्रोनिक्स, स्वास्थ्य, खेलकुद तथा फिटनेस, घरपालुवा जनावरहरूका सामानहरूमा भारी छुट तथा योजनाहरू प्राप्त गर्न सक्नेछन् । साथै पानी प-यो अफर झ-योअन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानहरूमा भारी छुटसहित अन्य आकर्षक अफरहरू समेत प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी भाग्यमानी २० क्विजअन्तर्गत २० जना विजेताहरूले मोबाइल टपअप जित्नेछन् साथै क्याच ७ वीन खेलमा सहभागी हुँदा सेवाग्राहीले पाँचवटा आकर्षक उपहार जित्न सक्नेछन् भने यो कहाँ प-यो अन्तर्गत खेलमा विजेता हुने सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन् । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया