दिगो आर्थिक विकास, समृद्धि र राष्ट्रियताको लागि राजनीतिक दबाब
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार काठमाडौंको गौशलास्थित स्वच्छन्द पार्टी प्यालेसमा शनिबार बृहत् भेला एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । राप्रपा काठमाडौं (वडा नं ९) इकाइ कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका पूर्वअध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी, पूर्वगृहमन्त्री बुद्धिमान तामाङका साथै पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
पार्टीको नेतृत्व राजेन्द्र लिङ्देनले गरेसँगै बढेको पार्टीको लोकप्रियतालाई थप उचाइमा पु-याउन कार्यक्रमको आयोजना गरिएको आयोजक राप्रपा काठमाडौं (वडा नं ९) इकाइ कमिटीका अध्यक्ष अभिषेकध्वज राणाले बताए । ‘इकाइ कमिटी गठन भएपछि भएको कार्यक्रममा अहिलेसम्म यो सबैभन्दा ठूलो र उत्साहप्रद कार्यक्रम हो, त्यसमाथि पार्टीका पूर्वअध्यक्षद्वय, वर्तमान अध्यक्ष सबैको उपस्थिति भएको यो कार्यक्रम निकै ठूलो हो’, अध्यक्ष राणाले भने ।
इकाइ कमिटी अध्यक्ष राणको सभापतित्वमा भएको कार्यक्रममा शास्वत वास्ताकोटी, सुवर्ण मानन्धर, दिपेश रानामगर, प्रसिद्ध विक्रम राणा, प्रयास शमसेर राणा, कविता उप्रेतीसहितका एक सय ७५ जना स्वतन्त्र नागरिकहरू राप्रपामा प्रवेश गरेका छन् । ‘मुुलुकको दिगो आर्थिक विकास, दिगो शान्ति, समृद्धि र राष्ट्रियतताको लागि अबको शक्ति भनेको राप्रपा नै हो, जसले देश राष्ट्रिय, स्वाधीनता बचाउने सामथ्र्य राख्छ, त्यही सामथ्र्यलाई आत्मसात् गरेर नै उहाँहरू पाटीमा प्रवेश गर्नुभएको हो’, इकाइ कमिटी अध्यक्ष राणाले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया