‘बेकरिज द केक सप’को आउटलेट काठमाडौंको शंखमूलमा
काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको ‘बेकरिज द केक सप’को उद्योग र आउटलेट काठमाडौंमा पनि खुलेको छ । युवा उद्यमीहरुको लगानीमा काठमाडौंमा खुलेको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको छ ।
यो सप युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याएका हुन् । काठमाडौंको शंखमूलमा खोलिएको उक्त सपको उदघाटन गायक प्रमोद खरेलले गरेका छन् । ‘फ्रेन्चाइज’ अवधारणामा सञ्चालनमा ल्याइने ‘बेकरिज द केक सप’को यो पहिलो आउटलेट हो । आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामग्रीहरु अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका मुख्य चहलपहल भएका विभिन्न स्थानमा खोलिने आउटलेटलाई पुग्ने क्षमताका आधुनिक मेसिनहरुद्वारा केकजन्य सामग्री उत्पादन गरिने सञ्चालक राउतले बताए । पछिल्लो समय बर्थ डे, म्यारिज एनिभर्सरीलगायत सबै अवसरहरुमा केकको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पु¥याउने अवधारणबाट यो केक सपको स्थापना गरिएको छ ।
‘नेपालमा केकको वास्तविक स्ट्यान्डर्डराइजेसनको पहिचान हामी दिँदै छौँ’, सपका अर्का सञ्चालक सञ्जय महासेठले भने, ‘हामीले उत्पादन गर्ने केकको ब्राण्डलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ)बाट प्रमाणित गर्दै छौँ ।’ यस्तो गुणस्तरीय ब्रान्डेड केकलाई काठमाडौं उपत्यकाभित्र अर्डर भएको एक घण्टामै डेलिभरिको व्यवस्था समेत मिलाइएको सञ्चालक महासेठले जानकारी दिए । केक प्रयोगको क्षेत्र र डिजिटल माध्यम प्रयोगको क्षेत्रमा ठूलो ग्याप उनले बताए । यो दुई क्षेत्रको देखिएको लामो ग्यापलाई शून्य पार्ने गरी केक अर्डरमा आफूहरुले भरपूर डिजिटल प्रविधि प्रयोगमा ल्याइएको सञ्चालक महासेठले जानकारी दिए ।
काठमाडौंमा तत्कालै २० वटा आउटलेट स्थापना गर्ने र त्यसलगत्तै पोखरा, नेपालगञ्ज र हेटौंडामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक महासेठले सुनाए । यो सपले ‘वि सेलेब्रेट युयोर ह्याप्पिनेस’ स्लोगन तय गरेर सेवा सुरु गरेको हो । ‘वेकरिज द केक सप’मा बेकरीसम्बन्धी सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ । उक्त सपमा ‘टिकटक’प्रेमीहरुलाई लक्षित गरी फोटो तथा भिडियो सुटिङको लागि उत्कृष्ट डेकोरेसनको समेत व्यवस्था गरिदिएको छ । ‘बेकरिज द केक सप’ले कफी बनाउने (बारिस्टा) को तालिम समेत चाँडै थाल्ने जनाएको छ । बारिष्टा कफी स्कुलमा भने विदेश जाने तथा स्वदेशमै स्वरोजगार बन्न कफी तालिम लिन चाहनेहरुका लागि लक्षित हुनेछ । बेसिक १५ दिने र एडभान्स ३५ दिने कफी बनाउने तालिम उपलब्ध गराउने सञ्चालक राउतले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया