काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा पहिलोपटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पो २०२२ को तयारी तीव्र गतिमा अगाडि बढाएको छ । भृकुटीमण्डपमा आगामी असोज ६ देखि ९ गतेसम्म आयोजना हुने उक्त एक्स्पोमा चारपांग्रे, तीनपांग्रे, दुईपांग्रे विद्युतीय सवारीसाधनहरुको उल्लेख्य सहभागिता रहने नाडाको दाबी छ ।
यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्विपमेन्ट्स, चार्जिङ्ग स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कुल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ । यस्तै एक्स्पोमा सहभागी हुने कम्पनीहरुको लागि शुक्रबार लक्की ड्र कार्यक्रमको पनि आयोजना गरिएको थियो । टेकुस्थित आफनै सचिवालयमा उक्त कार्यक्रम गरिएको एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए । उक्त कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदीपमान प्रधान समेतको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया